इलाम-२ बा टएमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग विजयी
काठमाडौँ ।नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ५ मत प्राप्त गर्नुभएको थियो ।
नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष÷सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो ।
विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभयो । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ्ग कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।
विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) रहनुभएका उहाँले पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द पर्नुभएको थियो । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा सात महिना जेल पर्नुभयो ।
इलाम नगरपालिका ७ सुन्तलाबारीमा विस २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ्गले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै नेकपा स्थायी कमिटी सदस्य २०७५ र २०४८ देखि लगातार सांसद हुनुहुन्छ । बिए र बिएल गर्नुभएका नेम्वाङ्ग प्राध्यापन, कानून व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउनुभएको हो ।
उहाँ प्राध्यापक संघमा पनि सक्रिय हुनुहुन्थ्यो भने उहाँ नेपाल बार एसोसिएसनको महासचिव पनि हुनुभयो । राज्यबाट उहाँलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ । गणेशमानसिंह प्रतिष्ठानले उहाँलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इलाम-२ बा टएमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग विजयी, #डम्बरबहादुर खड्का, #सुवासचन्द्र नेम्वाङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्