प्रतिनिधि सभातर्फको समानुपातिकमा एमालेले कटायो २३ लाख ६ हजार मत, कुन दलले कति मत पाए ?
काठमाडौं । जारी मतगणनामा प्रतिनिधि सभातर्फ नेकपा एमालेले २३ लाख ६ हजार मत कटाएको छ ।
पछिल्लो मतपरिणामअनुसार एमालेले २३ लाख ६ हजार ८ सय ३३ मत पाउँदै आफूलाई शिर्ष स्थानमा कायमै राखिरहेको छ । यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २२ लाख १० हजार २ सय ९ मत पाएको छ ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले हालसम्म ९ लाख ६८ हजार ५ सय ९३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेको छ । रास्वपाले हालसम्म ९ लाख २५ हजार ३३ मत पाएको छ ।
निर्वाचन आयोगकाअनुसार पाचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । राप्रपाले हालसम्म ४ लाख ८७ हजार ४ सय ८४ मत पाएको छ । यस्तै, छैठौँ स्थानमा जनता समाजवादी पार्टी रहेको छ । जसपाले २ लाख ८८ हजार १ सय ६२ मत पाएको छ ।
सातौँ स्थानमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख २२ हजार २ सय ३४ मत पाएको छ । यस्तै, आठौँ स्थानमा रहेको जनमत पार्टीले २ लाख २२ हजार २ सय २५ मत पाएको छ ।
नवौँमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । यसले हालसम्म १ लाख ९९ हजार ७९ मत पाएको छ । दशौँ स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रहेको छ ।
लोसपाले हालसम्म १ लाख २० हजार ७१ मत पाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #समानुपातिकमा एमालेले कटायो २३ लाख ६ हजार मत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्