चितवन – २ मा रवि लामिछानेको अग्रता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रता लिएका छन् । इच्छाकामना पालिकाको मतगणना सकिएर कालिका नगरकालिकामा प्रवेश गरेसँगै रविको मत ह्वात्तै बढेको छ ।
रास्वपाका प्रवक्ता डा।मुकुल ढकालका अनुसार दिउँसो २ः२५ सम्मको अपडेटमा रविले ४ हजार ७ मत प्राप्त गरेका छन् । एमालेका कृष्णभक्त पोखरेल दोस्रो स्थानमा झरेका छन् । उनको मत ३ हजार ८ सय ७९ छ । यसैगरि कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन् ।
ढकालले अहिले जारी मतगणनामा घन्टीलाई अत्यधिक मत आइरहेको बताए । अब रविले प्रतिस्पर्धीहरुसँग दुरी बढाउँदै विशाल अन्तरालले चुनाव जित्ने उनको भनाइ छ । अहिले कालिका नगरपालिकाको १ र २ को मतगणना भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्