काठमाडौं ४ मा थप शक्तिशाली बन्दै डा. भट्टराईको चुनावी अभियान

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत प्रदेश ४(१) का माओावादी नेताहरु एमाले प्रवेश गरेसँगै डा. राजन भट्टराईको चुनावी अभियान थप शक्तिशाली बनेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ८ का नेकपा माओवादी केन्द्रका वडा ईञ्चार्ज रमेश सिं डंगोल, वडा कमिटीका प्रभावशाली सदस्यहरु राजेशमान श्रेष्ठ, विजयमान राज भण्डारी, राजनराज भण्डारी, रोशन कपाली, सुदर्शन बजगाई, र माओवादी केन्द्र बूढानीलकण्ठ नगर कमिटी सचिवालय सदस्य तथा बुद्धिजीवि इञ्चार्ज शान्ता नराललाई नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेद्वार डा. राजन भट्टराई र पोलिटब्यूरो सदस्य तथा निर्वाचन परिचालन कमिटी संयोजक रमेश बडाल, केन्द्रिय सदस्य तथा बागमती प्रदेश सह–इञ्चार्ज धर्मदत्त देवकोटाले अविर र खादा लगाई पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य निर्मल कुईकेल, निर्वाचन परिचालन कमिटीका सह–संयोजक केदारराज पुडासैनी, प्रदेश ४(१) का उम्मेद्वार तेजप्रसाद ढकाल, निर्वाचन परिचालन कमिटीका सचिव टिका पराजुली, महानगर अध्यक्ष निर्मल देउला, क्षेत्र नं. ४(२) निर्वाचन परिचालन कमिटी संयोजक राजन पोखरेलको समेत उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्