चितवनबाट दुई लाख ५६ हजार नौ सय नन्बे रुपैयाँँसहित १४ जुवाडे पक्राउ

चितवनको छुट्टाछुट्टै स्थानबाट प्रहरीले नगद दुई लाख ५६ हजार नौ सय नन्बे रुपैयाँँ सहित १४ जुवाडेलाइ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) बिहान दुई बजेको समयमा भरतपुर महानगरपालिका २२ पटिहानीमा दुधना महत्तोको घरमा जुवा खेलाइरहेको अवस्थामा भरतपुर महानगरपालिका ६ बस्ने ५७ बर्षीया ढोलनाथ अधिकारी, भरतपुर महानगरपालिका ११ बस्ने २९ बर्षीया प्रदिप भण्डारी, ४९ बर्षीया बिमल गुरुङ, ३० बर्षीया अशोक प्रजापतीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद एक लाख सत्र हजार रुपैयाँसहित १६ थान कौडा समेत प्रहरीले बरामद गरेको छ ।
त्यस्तै, चितवन प्रहरीकै टोलीले हिजो (बिहीबार) बेलुकी ६ बजेको समयमा भरतपुर महानगरपालिका १६ सानोगढीस्थित राममाया घर्तीको जग्गामा युवराज गुरुङले सन्चालन गरेको मीत बा खाजा घर एण्ड कटेजमा लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा एक लाख उनन्चालीस हजार नब्बे रुपैयाँ सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका १६ बस्ने बर्ष ५० कृष्ण बहादुर खत्री, सोही ठाउँ बस्ने ४३ बर्षीया गिरेन्द्र राज हमाल, बर्ष ३९ को बेद नारायण श्रेष्ठ, बर्ष ५० को सुरेस थापा, बर्ष ६४ को दिपक थापा, बर्ष ३० को गोपाल गुरुङ, बर्ष ४५ को दल बहादुर रोक्का, बर्ष ५१ को युवराज गुरुङ, भरतपुर महानगरपालिका ३ बस्ने बर्ष ६४ को गणेश पौडेल र भरतपुर महानगरपालिका १५ बस्ने बर्ष ५३ को खेम के.सी रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ४ बुक तास समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका १४ जना विरुद्ध नै प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्