शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री
काठमाडौँ I प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
६७ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलुकको शान्ति सुरक्षा विकास निर्माणको आधार भएकाले आन्तरिक र बाह्य सुरक्षाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताउनुभयो ।
आपत विपदमा परेका नागरिकले सबैभन्दा पहिला नेपाल प्रहरीलाई सम्झने हुँदा समस्त नागरिकको सुरक्षाका लागि प्रहरी संगठनले गर्दै आएको कामको प्रधानमन्त्री देउवाले प्रशंसा गर्नुभयो ।
नेपाल प्रहरीले प्रकृति विपद्का समयमा नागरिककाे जीवन रक्षा, उद्धार र राहत वितरणमा देखाएको सक्रियता प्रशंसायोग्य रहेको स्मरण गर्नुहुँदै उहाँले गौरवमय इतिहास बोकेको प्रहरी संगठनलाई आगामी दिनमा थप जिम्मेवार, व्यावसायिक र स्रोतसाधन सम्पन्न बनाउन सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्