लागूऔषधको सञ्जाल तोड्दै चितवन प्रहरी : ठूलो परिणाममा लागूऔषधसहित चार भारतीय नागरिक पक्राउ
चितवन प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध सहित चार जना लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) बिहान ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक सुवास भट्टको कमान्डमा खटी गएको प्रहरीको बिशेष टोलीले भरतपुर महानगरपालिका वर्डा नम्बर १० स्थितमा रहेको भरतपुर बसपार्कचोकबाट लागूऔषधसहित भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, रामगढवा पचौरीटोल बस्ने कार चालक ३८ बर्षीया सुनिल कुमार, भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, वार्ड नंम्बर २५ पंकजचौक रक्सौल बस्ने १९ बर्षीया बिकास कुमार, भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, रामगढवा पचौरीटोल बस्ने ५० बर्षीया राजन ठाकुर, बारा गढीमाई नगरपालिका वडा नंम्बर १९ बस्ने ३५ बर्षीया प्रतिमा मण्डललाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले डाईजोपाम एक हजार एम्पुल, व्युप्रिनर्फिन एक हजार एम्पुल, फेनारगन एक हजार एम्पुल सहित खैरो हेरोईन जस्तो देखिने बस्तु ५२ (बाउन्न) ग्राम १४० मिलिग्रामको साथै, चार थान मोबाईल र डिएल ७ सिएम १५७६ नम्बरको महेन्द्रा क्युवान्टो सिफोर कार समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार बीरगंजबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय कारमा लागूऔषध ओसारपसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा कारलाइ रोकेर चेकजाँच गर्ने क्रममा कारको अगाडी बाँया तर्फको सिट अगाडी खुट्टा राख्ने ठाउँ मुनि फल्स बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा लागूऔषध फेला पारेको थियो ।

कागजमा पोको पारिएको ८ वटा पोकामा रहेको डाईजेपाम समेतको लागु औषध र कालो प्लाष्टिकमा पोको पारी राखेको सेतो प्लाष्टिकमा प्याक भएको लागु औषध खैरो हेरोईन जस्तो देखिने बस्तु फेला परेपछि गाडीभित्र थप सूक्ष्म ढंगले खानतलासी गर्दा गाडीको पछाडी डिक्कीको भागमा पछाडीको ढोका अगाडी मुनि पट्टी फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा कागजमा पोको पारिएको १२ वटा पोकामा रहेको डाईजेपाम समेतको लागूऔषध फेला परेको उनलेे बताए । पक्राउ परेकाहरुविरुद्ध लागूऔषध कसुर ऐन अन्तर्गत थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । झन्डै २३ दिन अघि पनि चितवन प्रहरीले राप्ती नगरपालिका स्थित भण्डारा बजारबाट प्रतिबन्धित ३ सय किलो लागूऔषध सहित भारतीय ट्रक बरामद गरेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्