चाडपर्वमा अत्याधिक ‘रक्सी र सितन’ क्यान्सरको संभावना
सुयोग ढकाल
अहिले चाडपर्वको यो माहौलमा घरघरमा अनि चोक चोकमा नेपाली शहर र गाँउहरु रमाईलो को सिलसिलेवार परिवृतीमा रक्सी अनि मासुको बडो अदभूत संगममा रहेको संभावना के हामी नकार्न सक्छौं ? बढि चिल्लो कुरा अनि मासुको अत्थाधिक सेवनले स्वास्थमा हानी पूर्याएर दशैंको चिरञ्जीवी बन्नु भन्ने आशिष नै उल्टो त पर्न जाने हैन ?
चाडबाडमा स्वादे जिब्रोहरुका लागि आवश्यक जानकारीः
बेलायती पत्रिका टेलिग्राफले रातो मासु र रक्सीलाई क्यान्सर संभावनाको कारक मानेको छ, यस तथ्य सिद्ध गर्न बिभिन्न अध्ययन र अनुसन्धान गरिएको छ ।
पक्कु राख्ने, पोल्ने अनि चपचिल्लै तेलमा डुबेको मासु खाने लगभग चाडपर्वको हस्ताक्षर जस्तो भइसकेको छ । अनि यही सितनसँग तानिने रक्सीका ग्लासहरु वास्तवमै हानीकारक छन् । सकेसम्म रक्सी नखाएकै राम्रो तर अझ मासु र रक्सी स्वास्थका दृष्टिले झन हानीकारक छ । एक त रक्सी आफैंमा अत्याधिक क्यालोरी हुने र मासुसंग सेवन गर्दा झनै खराब हुने गर्दछ । धेरैलाई एउटा भ्रम छ, ‘रक्सि जस्तो कुरो खाएपछि डाइटका रूपमा माछा, मासु चाहिने ।’ तर यो सोंचाई ठिक उल्टो हो, गलत हो ।
पाचन प्रणालीदेखि ग्रन्थी प्रणालीसम्म यस सितन र रक्सीको असर नकारात्मक हुने गर्दछ । बिकसीत देशमा सामान्यतया रक्सी सितन बिनानै सेवन गर्ने या फरक स्वादकालागि थोरै मात्र सितनसंग सेवन गर्ने चलन हुन्छ, यसले रक्सीको हानी न्यून पार्न सहयोग गर्दछ ।
यता हाम्रो तिर भनें मासुका विभिन्न परिकारलाई सितनको रूपमा रक्सी खाने चलनले गर्दा ज्यानमा इन्डोटक्सीनको सृजना गर्दछ । यसले गर्दा सबैभन्दा असर हाम्रो कलेजोलाई गर्दछ । त्यसै कारणले गर्दा पनि नेपालीहरुमा सामान्यतया फ्याटी लिभरको समस्या धेरै देखिन थालेको हो । अत्याधिक सितन र रक्सीको संयूक्त सेवन अनि शारीरीक क्रियाकलापको कमीले गर्दा यो समस्या झनै बिकराल छ । मासुमा अत्याधिक आइरन हुने हुँदा रक्सी र मासुको यो खुराकमा आइरनको अत्याधिक मात्राले कलेजोलाई झनै असर गर्दछ, यो वास्तवमा स्वास्थका हिसाबले एउटा बेमेलको सौखिया भोजन हो ।
यदि रक्सी नै खान मन छ भने बरु फलफुल अनि हरिया तरकारीसंग खानुमा हानी कम छ । यो चाडपर्वबाटै प्रयास गर्न शुरु गरौं । दुध या दही अनि अन्य दुग्धजन्य पदार्थसंग पनि रक्सी नखान सल्लाह दिइन्छ । दुग्धजन्य पदार्थको पनि अत्याधिक सेवनले शरीरमा ट्रयाग्लिसाइडस लगायत कोलेस्टेरोल बढाँउदछ ।
ब्रान्डी, ह्वीस्की, रातो वाइनहरु धेरै सेवन नगरौं, प्रशस्त पानी सेवन गर्न नभुलौं । बियर लगायतका सफ्ट ड्रिन्कहरुले कम असर गर्छ भन्नु गलत हो, बियरमा पनि प्रशस्त क्यालोरी हुन्छ । मासु र बियरको केमिस्ट्री ज्यादै नराम्रो हो । हरेक पेग रक्सीसंगै पानी सेवन गरौं, मदिरा सेवन गर्नुहुन्छ भनें पानी धेरै सेवन गर्नुहोला । खाली पेटमा भनें रक्सी सेवन नगरौं, केही सुपाच्य खाना खाएर पेट केही मात्रामा भरेर मात्र रक्सी सेवन गर्दा कम हानी हुन्छ ।
चाडबाडहरु आउछन, जान्छन, कहिले चिसो रहला त कहिले गर्मी होला, कुनै पनि बहानामा रक्सि र चिल्ला खानेकुराहरु उपभोग गर्नु अघि सावधानी जरुरी छ । चिसो पेय पदार्थहरु बोतलमा किनेर खानुभन्दा कागती पानी या घरमै बनाएको सर्वतको सेवन गर्ने बानी बनाऔं ।
स्मरण रहोस्, जीवनकालमा केवल एउटा शरीर छ र आफ्नो स्वास्थ जीवनसँग जोडिएको बिषय भएको हुँदा यसको सुरक्षाको हाम्रो दायित्व पनि हाम्रै हो । चाडपर्वलाई अस्वस्थ रमाइलोसंग जोडेर आफ्नो स्वास्थसंग सम्झौता नगरौं, यति गर्न सकिन्न र ?

सकेसम्म धेरै तरकारी, फलफुल खाने गरौं । फेरि रक्सी र मासुको यो केमिस्ट्रीमा एसिडिटिको संभावना भएकोले धेरै भएकाले दशैं पछि लगत्तै पेट दुखाई र ग्याष्ट्रिकको शिकार नबनौं ।
मासु नै खान परेमा पनि सकेसम्म सेतो मासु जस्तै कुखुरा या अन्य पक्षीका मासु अनि माछा सेवन धेरै गरौं अनि पकाउँदा सकेसम्म थोरै तेल र मसला हालेर पकाउने गरौं ।
मासु मनपर्छ त्यो ठिक छ तर मासु स्वस्थ तरिकाले खाएमा रोग अनि स्वस्थ समस्याबाट जोगीन सकिन्छ, बिचार गरौं है !
क्याटेगोरी : जीवनशैली
ट्याग : #‘रक्सी र सितन’, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्