राजधानीमा एमालेको बृहत् पदयात्रा (फोटो फिचर)
काठमाडौं । नेकपा एमालेले शनिबार बिहान काठमाडौंमा बृहत् पदयात्रा (वाकथन) गरेको छ।
संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन पदयात्रा गरिएको नेकपा एमालेले जनाएको छ ।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा भएको पदयात्रा काठमाडौंको बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट एकसाथ सुरू भएको थियो। पदयात्रा वसन्तपुरमा गएर टुंगिएको छ।
वाकथनमा एमालेका शीर्ष नेता, जनवर्गीय संगठनका पदाधिकारीलगायतको ठुलोसंख्यामा नेता कायर्कर्ता, शुभचिन्तक एवं सर्वसाधरणको सहभागीता थियो ।
पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले राष्ट्र र राष्ट्रियतासहित सबै क्षेत्रमा असाधारण काम गरेको बताउनुभयो ।
प्रतिनिधि सभाको कार्यकाल आज रातिदेखि सकिने भन्दै उहाँले यो ५ वर्षको अवधि उपलब्धिमूलक रहेको बताउनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #बृहत् पदयात्रा, #संविधान दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्