म नभएर ‘हामी’ भन्ने मान्यता अगाडि बढाऊ : नेता भट्टराई

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले समाज रुपान्तरणको अभ्यासमा ‘म’ नभएर ‘हामी’ भन्ने मान्यताका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा ‘वी लभ यु फाउन्डेशन’द्वारा शुरु गरिएको ‘बृहत सरसफाई अभियान’ मा डा. भटटराईले उक्त कुरा बताउनुभएको हो ।
बढ्दो शहरीकरण र औद्योगिकरणले पृथ्वीको दीगोपनालाई कमजोर बनाउनुका साथै वातावरणीय प्रभाव समेत बढ्दै गएकोले कम्तीमा ६ महिना धोवीखोला सरसफाई अभियान संचालन गरेर बूढानीलकण्ठमा नमूना कार्य गर्न सकिने बताउनुभयो । उक्त कार्यका लागि फाउन्डेशनसँग सहकार्य गर्न समेत आफू तयार रहेको उहाँको भनाइ थियो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बिभिन्न वडाका वडाध्यक्षहरु, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, पूर्व कार्यपालिका सदस्य एबम नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य संगम गहतराज, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं. ४ का संयोजक विदुर विक्रम खड्का, नेकपा एमाले बूढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल, सचिव श्रीकृष्ण श्रेष्ठ लगायत समाजसेवी, पत्रकार, स्थानीय र हजारांै युवायुवतीहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #डा राजन भट्टराई, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्