एसपी ज्ञवालीको एक्सन : कर्तव्य ज्यान कसूरमा संलग्न दुई ब्यक्ति साँढे ५६ घण्टा नबित्दै पक्राउ
बागलुङ । बागलुङ प्रहरीले कर्तव्य ज्यान सम्बन्धि कसूरमा संलग्न दुई जनालाइ पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ निसिखोला गाउँपालिका वडा नंम्बर ५ स्थित कामीडाँडा बस्ने गुन बहादुर कामीको छोरा अन्दाजी २५ बर्षीया फर्से भन्ने तुल बहादुर बिकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनको श्रीमती २२ बर्षीया कुमारी कामी र नातामा साली पर्ने १८ बर्षीया मनिषा बिकलाई घट्नाको घटेको साँढे ५६ घण्टाभित्रै पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको हो ।
बरामद गरिएको खुकुरी
उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको भए पनि हिजो (शनिबार) साँझ ९ बजे मात्रै आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको थियो ।
गएको बुधबार बिहान साँढे १० बजेको समयमा तुलबहादुरको बागलुङको निसिखोला गाउँपालिका वडा नंम्बर ४ कालीमाटीस्थित निसिखोलाको किनारमा घाँटी काटिएको अवस्थामा टाउको नभएको लाश प्रहरीले फेला पारेको थियो ।
खोलामा अड्किएको अवस्थामा शव फेला परे संँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएसंगै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीको नेतृत्वमा पाँच प्रहरी निरीक्षकसहित ३२ जना प्रहरीको टोली घट्नास्थलतर्फ परिचालन भएको थियो ।
घट्नास्थलमा परिचालन भएका प्रहरीको टोलीले घट्नामा संलग्न दुवै जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धि कसुरमा सम्मानित बागलुङ जिल्ला अदालतबाट म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको समेत प्रहरी प्रमुख ज्ञवालीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्