जनभावना अनुसार काम गर्न जनप्रतिनिधिलाई मन्त्री कार्कीको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको मन नजितेसम्म जनप्रतिनिधि हुन नसकिने बताएका छन् । कार्कीले स्थानीय सरकार जनताको नजिकको सरकार रहेको बताउँदै जनप्रतिनिधिलाई जनभावना अनुसार काम गर्न निर्देशन समेत दिए ।
प्रदेश–१ का स्थानीय निकायबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विकास निर्माण, सेवा प्रवाह र जनताको गुनासोलाई सम्बोधनलाई मुख्य केन्द्रबिन्दुमा राख्नुपर्ने जिकिर गरे ।
“तपाईहरु जनताको सबैभन्दा नजिकको सरकार हो । त्यसैले तपाईहरुलाई जुन विश्वासका साथ आफ्ना जनताहरुले निर्वाचित गराएका छन्, त्यो विश्वासका साथ तपाईहरुले काम गर्नुहुनेछ भन्ने विश्वास हामी सबैले लिएका छौं । मेरो विचारमा मुख्य तीन वटा काम छन्, विकास निर्माण, सेवा प्रवाह र जनताको गुनासोलाई सम्बोधन गर्ने। यी तिनवटा कुरामा ध्यानकेन्द्रित गर्नुभयो भने ५ वर्षपछि पनि जनताले कांग्रेसका उम्मेद्वारलाई जिताउने छन् ।”
मन्त्री कार्कीले निर्वाचन नजिकिँदै गरेको स्मरण गराउँदै ५ दलीय गठबन्धन साथमै रहने प्रष्ट पारे । उनले मुलुकको स्थिरता, विकास र विकासोन्मुखबाट विकाशशील बनाउनका निमित्त आउने निर्वाचनमा बहुमत ल्याउनुपर्ने जोड दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #जनभावना अनुसार काम गर्न जनप्रतिनिधिलाई मन्त्री कार्कीको निर्देशन, #ज्ञानेन्द्रबहादुर कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्