मुद्दा मिलाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ
चितवन । मुद्दा मिलाई दिन्छु भनी रकम ठगी गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मोबाईल चोरी मुद्दामा प्रहरी अनुसन्धानका क्रममा रहेका रौतहट गरूडा नगरपालिका वडा नंम्बर ५ बस्ने २८ बर्षीया रुप नारायण साह सोनारलाई हिरासतबाट छुटाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा गोरखा सिरानचोक गाउँपालिका वडा नंम्बर ४ बस्ने दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त श्रेष्ठले सम्मानित चितवन जिल्ला अदालतबाट चोरी मुद्दामा प्रहरी हिरासतमा रहेका सोनारका भाई सुखारी साहसंँग गएको साउन १९ गते आइएमइ मार्फत २० हजार रुपैयाँ लिएका थिए ।
चोरी मुद्दामा प्रहरी हिरासतमा रहेका सोनार हिजो (सोमबार) सम्मानित चितवन जिल्ला अदालतको आदेशले तीस हजार रुपैयाँ धरौटीमा छुटेको र श्रेष्ठ सम्पर्कमा समेत नआएपछि रुपनारायण साहका भाइ सुखारी साहले आफू ठगिएको थाहा पाएका थिए ।
ठगी गर्ने श्रेष्ठ बिरुद्धमा सुखारीले ठगी सम्बन्धी कसुरमा मंगलबार किटानी जाहेरी दिएपछि उनलाई आजै प्रहरीले पक्राउ गरी ठगी सम्बन्धि कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्