फोहर व्यवस्थापनका लागि सरकारको भरपर्ने हो भने मेयर शाह असफल निश्चित: योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका नेता तथा सासंद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सरकारको भरपर्ने हो भने असफल हुने निश्चित भएको बताए ।
उनले आइतबार संसदमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई एमालेसँग फोहोर व्यवस्थापनको भिजन भएको भन्दै त्यस काममा एमालेले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार रहेको पनि बताए ।
‘म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु, ठोस् प्रस्तावसहित आउनुस् नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ । नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ । यदी तपाई सरकारको भरपर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बरबादी हुनेछ, सांस्कृतिक सहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौं।’
उनले ७१ दिनसम्म पनि काठमाडौंको फोहोर नउठेको भन्दै यस विषयमा सरकारले पनि केही पहल नगरेको आरोप लगाए ।
यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ, आज ७१ दिन भयो प्रधानमन्त्रीबाट केही पहल भएको छैन् । सम्बन्धित मन्त्रीहरू बेखबर छन्, त्यस्तै झाडापखाला, हैजा लगायत काठमाडौंमा फोहोरले काठमाडौं नै गनाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन। यो सरकारको हुती पनि छैन। त्यसैले म सरकारको ध्यानाकर्षण आज म गर्दिन ।
फोहोर व्यवस्थापनको विषयमा काम गर्ने सरकारको हुती नभएको भन्दै उनले काठमाडौंका मेयर बालेन शाहालाई एमालेसँग मिलेर काम गर्न आग्रह पनि गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्