फोहोर व्यवस्थापन नहुँदा हैजा फैलिएर बस्न नसक्ने अवस्था आयो : गोमादेवी तिमल्सिना

काठमाडौं । राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले काठमाडौको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध र हैजा फैलिएर बस्न नसक्ने अवस्था आएको बताएकी छन् ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले बाढी पहिरो नलागेका ठाउँमा फोहोर ढल फुटेर दुःख पाईरहेको बताईन । स्थानीय सरकार बन्यो र अब धेरै कुरामा हल हुन्छ भन्ने जनआशा थियो तर चुवाबको बेला गरेका कुरालाई काममा नउतारेको उनको गुनासो छ ।
‘स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेपछि त फोहोेर नियन्त्रण हुन्छ भनेर सबै आशावादी थिय,दलका नेताहरुले गर्न नसकेको युवाले गर्छन् भनेर होहल्ला गरिएको फिजिएको थियो ,तर अहिले पनि त्यो दुर्गन्ध त्यसै छ । विशान बेलुकी हिँडिसाध्य छैन । फोहोरको व्यवस्थापन नहुँदा हैजा र दुर्गन्ध फैलिएको छ ।’
उनले यो दुर्गन्धमा पर्यटकलाई आउनुहोस्, राम्रो छ भनेर कसले प्रचार गर्ने भन्दै प्रश्न गरिन । निर्वाचन सकिएसँगै फोहोर व्यवस्थापन भइसक्थ्यो तर पहलनै नभएको उनले दाबी गरिन ।
क्याटेगोरी : समाचार
ट्याग : #फोहोर व्यवस्थापन, #फोहोर व्यवस्थापन नहुँदा हैजा फैलिएर बस्न नसक्ने अवस्था आयो : गोमादेवी तिमल्सिना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्