सत्ता गठबन्धनका कुनै पनि दलले एमाले विरुद्धचुनाव लड्न सक्दैन्: सुवासचन्द्र नेम्वाङ
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धनका कुनै पनि दलले एमालेविरुद्ध एक्लाएक्लै लड्न नसक्ने दाबी गरेका छन्।
शनिबार बिहान दाङमा आयोजित एक कार्यक्रममा बोल्दै नेम्वाङले सत्तरुण दलहरु गठबन्धन गरेर चुनावमा जाने तयारी गर्नु एमालेको राजनीतिक विजय भएको तर्क गरे ।
‘गठबन्धन आफैँमा संसदीय मूल्य,मान्यताविपरीत छ, यो आफैँमा अपवित्र छ’, उनले भने, ‘त्यसैले एमालेसँग एक्लै चुनाव लड्न सक्ने हैसियत राख्दैन। यसो हुनु भनेकै एमालेको राजनीतिक विजय भएको हामीले ठानेका छौँ।’
नेता नेम्वाङले सत्ता स्वार्थमा लिप्त भएका, देशलाई श्रीलंकाको बाटोमा हिँडाउन खोजेका गठबन्धनका नेताहरूको कार्यशैलीलाई परास्त गर्दै बलियो राष्ट्रिय शक्तिका रूपमा रहेको एमालेलाई काम गर्ने वातावरण बनाउन निर्वाचनका माध्यमबाट जनताले फैसला गर्नुपर्ने बताए।
‘देशको अग्रगमनका लागि हामीले नयाँ जनादेशको कुरा गर्दा अराजनीतिक पार्टी, राष्ट्रघाती भन्नेहरु टाउको जोडेर जनताको बीचमा भ्रमको खेती गरिरहेका छन्, जनताले उनीहरुको कार्यशैली र गतिविधिलाई बुझेका छन्’,उनले भने । नेता नेम्वाङले पछिल्लो समय गठबन्धन सरकारले एकपछि अर्को गलत काम गर्दै गएकोमा खबरदारी गर्दागर्दै पनि नजरअन्दाज गरेर अघि बढ्न खोज्नु मुलुक र जनताको हीत विपरीत भएको तर्कसमेत गरे।
क्याटेगोरी : समाचार
ट्याग : #सुवासचन्द्र नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्