सेयर बजारको उकालो यात्रा निरन्तर
आज (सोमबार) सेयर बजारमा सकारात्मक माहोल देखिएको छ। गत साताको मंगलबारदेखि लगातार बढेको बजारले आज पनि उकालो यात्रालाई नै निरन्तरता दिएको हो। बजारमा यतिबेला सुधारको संकेत देखिएको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा पुगेको छ ।
नेप्से ०.९० प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले बढेर ३८८.७६ विन्दुमा पुगेको छ ।कूल २११ वटा कम्पनीको ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड २९ लाख ६२ हजार ९ सय ६० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको सेयर घटेको छ। व्यापार र म्युचुअल फण्ड समूह घटेका हुन्।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ३४ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो।आज बरूण हाइड्रोका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर २ सय ९८ रूपैयाँ ६० पैसा पुगेको छ। यस दिन सानिमा लार्ज क्याप फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ। उक्त फण्डको मूल्य ५.९० रूपैयाँले घटेर ८ रूपैयाँ ७७ पैसामा झरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्