Techie IT
सोमबार, वैशाख २२,२०८२

श्रीलंकाको राष्ट्रपति गोटाबाया राजपक्षेको राजीनामा स्वीकृत


एजेन्सी । श्रीलंकाको संसदका सभामुखले आफूले गोटाबाया राजापाक्षेको राजीनामा प्राप्त गरेको र राष्ट्रपतिले औपचारिक रूपमा राजीनामा दिएको बताएका छन् ।

सभामुख यापा अभयवर्धनले प्रधानमन्त्री रनिल विक्रमासिङ्घे देशको अन्तरिम राष्ट्रपति हुने पनि जानकारी दिएका छन् । उनले आजै सपथ लिन सक्ने सम्भावना छ ।

सभामुखले नयाँ राष्ट्रपति चयनका लागि भोलि जुलाई १६ मा संसदको बैठक बोलाइएको जानकारी दिए ।

सभामुखले आन्दोलनकारीलाई शान्ति कायम राख्न अपिल गरेका छन् । यससँगै उनले संसदीय प्रक्रियामा सहभागी हुन सबै सांसदलाई आग्रह गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #गोटाबाया राजापाक्षे, #श्रीलंका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545