लागूऔषध गाँजा सहित एक जना पक्राउ
चितवन । चितवनमा ९०० ग्राम लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नंम्बर १४ बस्ने ५८ बर्षीया राम बहादुर थापा क्षेत्री रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गितानगर चितवनबाट खटिएको प्रहरीको टोलिले हिजो बुधबार दिउँसो ३ बजेको समयमा उनलाई पक्राउ गरेको हो ।विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले उनको घरमा रितपुर्वक खानतलासी गर्ने क्रममा घर, कोठामा लुकाईछिपाई बेचबिखनको लागी प्लास्टिक तथा कागजको टुक्रामा सानो सानो पोका बनाईराखेको अवस्थामा प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीविरुद्ध लागूऔषध गाँजा कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्