हराएका मोबाइल खोज्दै बुझाउँदै चितवन प्रहरी, २१ मोबाईल सम्बन्धि धनीलाई हस्तान्तरण
चितवन । चितवन प्रहरीले विभिन्न मितीमा विभिन्न स्थानहरूबाट चोरी भएका तथा हराएका मोबाइलहरुको खोजी गरेर सम्बन्धि मोवाइल धनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले चितवन जिल्ला लगायत काठमाण्डौं, पर्सा, नवलपरासी जिल्लामा चलाएको अवस्थामा हराएका आइफोन, स्यामसुङ, रेडमी , ओप्पो, भिभो, पोको कम्पनीको २१ थान मोबाईल खोजी गरेर सम्बन्धि धनीलाई हस्तान्तरण गरेको हो ।

१४ हजार रुपैयाँदेखी एक लाख २५ हजार रुपैयाँ सम्मको मूल्य रहेको सो, मोबाईल अन्दाजी पाँच लाख २५ हजार मुल्य बराबरका रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

मोबाईल हराएका मोबाईल धनीहरुलाई मोबाईल खोजीका लागी हेल्प डेस्क नै खडा गरी मोबाईल हराएको उजुरी लिने र मोबाईल खोजी गरी भेटिएपछि सम्बन्धि धनीलाई जिम्मा लगाउने गरेको (एसपी) अधिकारी बताउँछन् ।

आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिएसंँगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत दिएका थिए । पछिल्लो समय चितवन प्रहरीले आफ्नु सक्रियता बढाए संँगै मोबाईल फेला पर्ने क्रम समेत बढ्दै गएको छ ।

क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्