एसपी अधिकारीको सफलता : प्रेमको नाटक गरी २६ लाख रुपैयाँ भन्दा बढी ठगी गर्ने एक महिला पक्राउ
चितवन । झुठो मायाजालमा पारेर प्रेमीसंग २६ लाख रुपैयाँ भन्दा बढी ठगी गर्ने एक प्रेमीकालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जाल फेसबुकमार्फत सामान्य चिनजान भई पछि निरन्तरको कुराकानी, गफगाफ पश्चात विभिन्न बरबहाना बनाई आफु र आफन्तको नाममा पैसा हाल्न लगाइ ठगी गर्ने गैंडाकोट नगरपालिका ११ की २६ बर्षीया सम्भावी पौडेललाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी पौडेलले आफ्नो वास्तविक नाम समेत लुकाई फेसबुकमार्फत भरतपुर महानगरपालिका वडा नम्वर १ बस्ने ५३ बर्षीया एक पुरूषलाई आकर्षित गर्न सफल भएका थिए । आकर्षित गर्न उनलेे ती पुरुषलाई ब्लोअप तस्विरहरु समेत पठाउने गरेका थिए ।
उनलेे आफ्नु मायाजालमा पार्न सफल भएका ती पुरुषसँग उनलेे प्रत्यक्ष भेटघाट समेत गर्ने गरेको र सोही झुठा प्रेमको नाटक गरेर २६ लाख ४५ हजार सात सय सत्तरी रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीको भनाई छ ।
सुरुमा आठ लाख रुपैयाँ मात्रै मागेका उनलेे पुनः अर्को नाम राखेर सोही पुरूषसँग थप पैसा मागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । २६ लाख रुपैयाँ हात पारेपछि उनको ती युवतीसंग कुराकानी समेत पातलिन थालिएको थियो ।
पीडित भनिएका पुरुषले म्यासेन्जर, फोनमा धेरै कुराकानी र भेटघाट गर्न चाहे तापनि केटीले पटकपटक बेवास्ता गर्न थालेपछि उनलेे आफू ठगिएको सुइँको पाए ।
ठगिएका पुरुषको जाहेरी पश्चात प्रहरीले अहिले पक्राउ परेकी पौडेलमाथि ठगीको अभियोगमा मुद्दा चलाएको छ । उनीविरुद्ध सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
यता, एसपी अधिकारीले सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लो समय दुरुपयोग समेत बढ्न थालेको बताउँछन् । उनले यस्ता घटनालाई प्रहरी प्रशासनले गम्भिरतापूर्वक लिएर कार्वाही प्रक्रियालाई अगाडि बढाए पनि प्रयोगकर्ता सजग नहुँदा दुरुपयोग हुने र ठगीमा परिने क्रम बढ्दो रहेको बताए ।
सामाजिक सञ्जालको दुरुपयोग बढेपछि नेपाल प्रहरीले ठगीबाट बच्न पटकपटक सूचना निकाले पनि अवस्था अझै उस्तै छ । साइबर अपराधबाट विभिन्न घट्नाहरु सार्वजनिक भइरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न चितवन प्रहरीले साइबर क्राइमबारे सचेतनामूलक कार्यक्रमको आयोजना समेत गराउँदै आएपनि यस्को दुरुपयोग रोकिनु भन्दा झन्झन् बढेको भन्दै (एसपी) अधिकारीले चिन्ता व्यक्त गरे ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्