Techie IT
शनिबार, असार ७,२०८२

म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु: मेयर साह


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन् ।

महानगरपालिकाले यम बुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याएपछि विवाद भएको थियो । महानगरले र्‍यापर यम बुद्धको सालिक बनाउने निर्णय गरेपछि त्यसको पक्ष र विपक्षमा तर्क आइरहेका बेला बालेनले आफ्नै तलबको रकमले सालिक बनाउने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नै तलबको रकमले यम बुद्धको सालिक बनाउने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #बालेन साह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545