प्रदर्शनकारीहरूले गरे श्रीलंकाको राष्ट्रपति भवन कब्जा
काठमाडौँ । श्रीलंकाको आर्थिक अवस्थाबाट त्रसित प्रदर्शनकारीहरूले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराबन्दी गरेका छन्। राष्ट्रपति राजापाक्षे आफ्नो निवासबाट भागेको खबर छ । रक्षा स्रोतहरूले राष्ट्रपति राजापाक्षे भागेको दाबी गरेका छन्।
यसअघि ११ मेमा तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षे सम्पूर्ण परिवारसहित भागेका थिए । आक्रोशित भीडले कोलम्बोमा रहेको राजापाक्षेको सरकारी निवासलाई घेरा हालेको थियो।
प्रदर्शनकारीहरूले दिउँसो कोलम्बोस्थित राष्ट्रपति निवासलाई घेराबन्दी गरेको बताइएको छ। त्यसपछि प्रदर्शनकारीले राजापाक्षेको सरकारी निवासमा तोडफोड समेत गरेका थिए । श्रीलंकामा बिग्रँदै गएको आर्थिक संकटको बीचमा राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै आज सरकारी विरोध र्याली चलिरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #गोटाबाया राजापाक्षे, #श्रीलंका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्