सभामुख अग्निप्रसाद सापकोटा अजरवैजान प्रस्थान

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरवैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ ।
सम्मेलन यही असार १६ देखि १८ गतेसम्म हुँदैछ ।प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक हुनुहुन्छ । उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसद्बीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
सम्मेलनले वाकु घोषणापत्र जारी गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने बताइएको छ ।अजरवैजान प्रस्थान गर्नुअघि नेपाली प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खानेपानी मन्त्री उमाकान्त चौधरी, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवलगायतले बिदाइ गर्नुभएको थियो ।
नेपाली प्रतिनिधिमण्डल यही असार १९ गते आइतबार बेलुका स्वदेश फर्कने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अग्निप्रसाद सापकोटा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्