Techie IT
बिहीबार, जेठ २,२०८२

ट्राफिक प्रहरीद्धारा डाक्टरमाथि हातपात


काठमाडौँ । एक ट्राफिक प्रहरीले फुटपाथमा हिँडिरहेका डाक्टरलाई कुटपिट गरेका छन् ।

आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत ३१ वर्षीय डा. कुलबहादुर घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले ललितपुरको एकान्तकुना यातायात जाने बाटोमा कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते डा। घिसिङ अहिले अल्का अस्पतालमा उपचाररत् छन् ।

उनी र उनका आफन्तले घटनामा संलग्न ट्राफिक प्रहरी जवानलाई कारबाहीको माग गरेका छन् । साथै उपचार खर्च दिलाउन पनि माग गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्राफिक प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:13 am6:46 pm +0545