चितवन प्रहरीको सक्रियता : पेस्तोलसहित एक जना पक्राउ
चितवन । चितवनको भरतपुर महानगरपालिका वर्डा नम्बर ६ बाट प्रहरीले नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रहरी प्रमुख नरहरी अधिकारीका अनुसार आज (आइतबार) प्रहरी निरीक्षक सुवास भट्टको कमान्डमा खटिएको टोलीले भरतपुर महानगरपालिका वर्डा नम्बर ८ घर भई हाल भरतपुर महानगरपालिका ५ मा डेरा गरी बस्ने ३२ बर्षीया प्रकाश बिकलाइ पक्राउ गर्न सफल भएको हाे ।
(डिएसपी) अधिकारीका अनुसार गत जेठ २३ गते भरतपुर महानगर ४ बाट कटुवा पेस्तोल सहित पक्राउ परेका दिपक पुन मगरमाथि हातहतियार खरखजना कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले सोही घटनामा फरार रहेका विकलाई आइतबार पक्राउ गर्न सफल भएकाे हाे ।
पक्राउ परेका विकको कोठामा प्रहरीले रितपुर्वक खानतलाशी गर्ने क्रममा एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली, एक लाख चौध हजार रुपैयाँ नगद, सुनको लकेटसहितको सिक्री एक थान र पाँच थान मोवाईल समेत बरामद गरेको छ । पक्राउ परेका उनीविरुद्ध हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्