वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि
काठमाडौँ । कोरोना महामारीको प्रभाव कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढ्न थालेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेहरुको हो ।२०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त संख्याले श्रम स्वीकृति लिएका हुन् । विभागले उनीहरुलाई श्रम स्वीकृति प्रदान गरेको हो ।
गएको जेठ महिनामा मात्र ६२ हजार ३४९ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । जेठमा ८३ देशमा काम गर्न जानको लागि उनीहरुले श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार २०७८ साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३, २०७९ वैशाखमा ४५ हजार ४ र जेठमा ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।
पछिल्लो एघार महिनामा वैदेशिक रोजगारीमा जान प्रत्येक महिना औषतमा ५१ हजार ६२१ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेको संख्या यही क्रममा बढे चालु आर्थिक वर्षभित्र ६ लाख १९ हजार ४६० जनाले श्रम स्वीकृति लिएको हुनेछन् ।
सन् २०१९ डिसेम्बर अन्तिम साता चिनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या स्वाट्टै घटेको थियो । महामारी रोक्न तथा नियन्त्रण गर्न सबै राष्ट्रहरुले लकडाउन गरेपछि वैदेशिक रोजागारीमा जानेको सख्ंया घटेको थियो ।
कोरोना महामारी सुरु भएको आर्थिक वर्ष २०७६र७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५र७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७र७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो ।
गत वर्षबाट कोरोना खोप प्रयोगमा आएपछि राष्ट्रहरुले लकडाउनलाई खुकुलो बनाउँदै लगेका थिए, जसको कारण वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । पछिल्ला महिनाहरुमा श्रम स्वीकृति लिनेहरुको तथ्याङकले वैदेशिक रोजगार यो वर्ष पुरानै लयमा फर्केको देखाएको छ ।
कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेपछि नेपाल भित्रने रेमिट्यान्स पनि घटेको थियो । रेमिट्यान्स घट्दा देशको अर्थतन्त्रमा समेत असर गरेको थियो । तर यसवर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स त्रमस बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो दश महिना (२०७८ साउनदेखि २०७९ वैशाखसम्म) मा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको थियो । गत चैतसम्म घटेको रेमिट्यान्स वैशाख लागेपछि बढ्न थालेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #रेमिट्यान्स, #वैदेशिक रोजगारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्