पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको सुइँखेत फाँटका घरहरू डुबानमा

पोखरा । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको सुइँखेत फाँटका घरहरू डुबानमा परेका छन् ।
लगातारको वर्षापछि माथिबाट खसेको पहिरोले खोला थुनिएपछि यहाँका ४ सय घर डुबानमा परेका हुन् । ्
घर डुबानमा परेपछि मानिसहरूलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
मानवीय क्षति नभएता पनि घरसहित गोठ र कृषि फर्महरू बाढीको डुबानमा परेका छन् । सुइँखेर खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा यहाँका खेतीयोग्य फाँट पनि पुरिएको छ । अहिले भने बिस्तारै पानी घट्दै गइरहेको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशका केही स्थानमा आज शनिबार भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पोखरा महानगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्