निरोगीताका लागि योग भन्ने सन्देश जन जनमा पुर्याउन आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निरोगीताका लागि योग भन्ने सन्देश जन जनमा पुर्याउन आवश्यक रहेको बताउनु भएको छ ।
८औँ अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि योग महत्त्वपूर्ण रहेको बताउनुभयो ।
योगले पाएको विश्वव्यापी सम्मान, योग र आयुर्वेदको उद्गम भूमि नेपालका लागि अझ उत्साहको विषय रहेको उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो ।
सन २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा योग दिवस मनाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गर्नुभएको थियो भने १ सय ७० भन्दा बढी राष्ट्रले समर्थन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्