जनताको कामलाई प्राथमिकता दिन जनप्रतिनिधिहरूलाई प्रधानमन्त्रीको निर्देशन

कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको कामलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा आज नेपाली काँग्रेसले आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले जन भावना अनुसार काम गर्न निर्देशन दिनुभएको हो ।
उहाँले आगामी निर्वाचनहरूमा समेत नेपाली काँग्रेसलाई थप बलियो बनाउने गरी खटिन नेता कार्यकर्ताहरूलाई समेत निर्देशन दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री द्वय एन्.पि. साउँद र रमेश लेखकले स्थानीय तहको निर्वाचनमा देशभर नेपाली काँग्रेसले राम्रो नतिजा हासिल गरेको र यो उपलब्धिलाई बढाउँदै लैजानु पर्ने धारणा राख्नुभयो ।
उहाँहरूले पार्टी अल्पमतमा रहेको समयमा सरकारको नेतृत्व गर्नु, एमसिसी सम्झौता संसद्बाट पारित गर्नु र स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि प्राप्त गर्नुले नेपाली जनताको विश्वास काँग्रेसमा रहेको प्रष्ट पारेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्