शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुभयो ।
उहाँले प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम गठन भएको समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । सोही अवसरमा सभापति घर्तीले हालसम्म समितिको १२८ बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।
समितिले कोभिडको समयमा समितिले स्थलगत अनुगमनपछि सम्बन्धित निकायलाई विभिन्न निर्देशन दिनाका साथै कार्यान्वयन भए/नभएको बारेमा समेत अनुगमन गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्र प्रत्यक्ष रुपमा जनतासँग जोडिने भएकाले समितिले सोही मर्म र भावनाअनुरूप आफ्नो काम कारबाहीलाई अगाडि बढाइरहेको छ, कोभिडका बिरामी र अन्य बिरामीको उपचारमा यो समितिले विशेष भूमिका खेलेको छ ।”
सदनको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत कानुन, न्याय तथा सङ्घीय मामिला, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति लगायत ११ मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ क्रम जारी छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्