हजुरलाई नमस्कार परोपकारी संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौं । हजुरलाई नमस्ते परोपकारी संस्थाले १७ हप्ताको अवधिमा एक हजार पाँच सय पिन्ट रगत संकलन गरेको छ। वाफलस्थित संस्थाकै कार्यालयमा हरेक शनिबार रक्तदान कार्यक्रम आयोजना गरेर उक्त रगत संकलन गरिएको हो।
पहिलो चरणमा १५ हप्तासम्म र दोस्रो चरणमा दुई हप्तासम्म रगत संकलन गरिएको हजुरलाई नमस्ते ट्रेड लिंकका प्रमुख ताराबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको छ।
‘हाम्रो सानो प्रयासले कसैको जीवन बाँच्छ, हामीले सकेसम्म हप्ताको एक दिन रंगत संकलन गर्ने भनेर योजना बनाएका छौँ, त्यसैअनुसार नै रगत संकलन हुने गरेको छ,’ कुवँरले भने, ‘यसलाई अझै निरन्तरता दिन्छौँ ।’
उनले रक्तदान कार्यक्रममा जनप्रतिनिधि र स्थानीयको सहभागितासमेत गराउँदै आएका छन्। शनिबार आयोजना गरिएकोे रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #ताराबहादुर कुँवर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्