भाइरल वडाअध्यक्ष मुकुन्द रिजालसँग मेयर शाहको लञ्च मिटिङ , के के भयो कुराकानी ?

जेठ २८ । काठमाडौँ महानगरको कार्यपालिकाको पहिलो बैठकमै नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)लाई असहयोग गरेको भन्दै भाइरल बनेको कामपा १६ का वडाध्यक्ष मुकुन्द रिजालसँग मेयर शाहले छलफल गरेका छन् ।
मेयर साह शनिबार बालाजुस्थित रिजालको घरमै पुगेर लञ्च मिटिङ गरेका थिए । उनीहरुबीच काठमाडौँ महानगरलाई राम्रो बनाउने विषयमा छलफल भएको बताइएको छ ।
मेयर साहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल अघि बढाउने क्रममा पहिलो रोजाई रिजाल परेका हुन् ।
साहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका छन् ।
साहले रिजालको कार्यशैलीबाट आफू निकै प्रभावित भएको कारण छलफलका लागि आएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।
कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका साहले झन्डै दुई घन्टा बिताएका थिए । लञ्चसहितको मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए । त्यस्तै, उनले आफूले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #मुकुन्द रिजाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्