घनश्याम भुसालमाथिको कारवाही सिफारिसमा योगेशको असन्तुष्टि

काठमाडौं, २२ जेठ । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारवाही सिफारिस गरेको छ ।
पार्टी अनुशासन विपरीत गतिविधि गरेको, अध्यक्ष केपी शर्मा ओलीले लिएको नीतिको आलोचना गरेको र पार्टीलाई हतोत्साहित गराउने काम गरेको भन्दै आयोगको सचिवालय बैठकले कारवाहीको सिफारिस गर्ने निर्णय गरेको हो । तर, उनीमाथिको यो सिफारिसबारे पार्टीका सचिव योगेश भट्टराईले भने असन्तुष्टि व्यक्त गरेका छन् ।
आवेग र उत्तेजनामा आएर कसैमाथि खनिनु वा प्रसंशा गर्दा कसैलाई पनि सही ठाउँमा पुर्याउन नसकिने भन्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । भुसालमाथिको कारवाही सिफारिलाई लक्ष्ति गर्दै भुसालले सामाजिक सञ्जालमा लेखका छन्, ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्याउँदैन । फेरि पनि बादे बादे जायते तत्व बोध ।’
उनको टिप्पणी भुसालकै कारवाही सिफारिसमा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ । स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेका थिए । ‘पार्टी विभाजन गलत थियो । त्यसमा दीपावली मनाउने कुरा पनि गलत थियो । दुईपटक संसद विघटन गलत थियो,’ भुसालले भनेका थिए ।
यस्तै महाधिवेशनमा अपनाइएको प्रक्रियाको पनि उनले आलोचना गरेका थिए । ओलीका पछिल्ला सबै प्रयोग असफल भएको यो निर्वाचनले पुष्टि गरेको उनको तर्क थियो । अन्तर्वार्तामा पार्टी अनुशासनविरपरीत बोलेकाले उनलाई कारवाही सिफरिस गरिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्