घनश्याम भुसालमाथिको कारवाही सिफारिसमा योगेशको असन्तुष्टि
काठमाडौं, २२ जेठ । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारवाही सिफारिस गरेको छ ।
पार्टी अनुशासन विपरीत गतिविधि गरेको, अध्यक्ष केपी शर्मा ओलीले लिएको नीतिको आलोचना गरेको र पार्टीलाई हतोत्साहित गराउने काम गरेको भन्दै आयोगको सचिवालय बैठकले कारवाहीको सिफारिस गर्ने निर्णय गरेको हो । तर, उनीमाथिको यो सिफारिसबारे पार्टीका सचिव योगेश भट्टराईले भने असन्तुष्टि व्यक्त गरेका छन् ।
आवेग र उत्तेजनामा आएर कसैमाथि खनिनु वा प्रसंशा गर्दा कसैलाई पनि सही ठाउँमा पुर्याउन नसकिने भन्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । भुसालमाथिको कारवाही सिफारिलाई लक्ष्ति गर्दै भुसालले सामाजिक सञ्जालमा लेखका छन्, ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्याउँदैन । फेरि पनि बादे बादे जायते तत्व बोध ।’
उनको टिप्पणी भुसालकै कारवाही सिफारिसमा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ । स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेका थिए । ‘पार्टी विभाजन गलत थियो । त्यसमा दीपावली मनाउने कुरा पनि गलत थियो । दुईपटक संसद विघटन गलत थियो,’ भुसालले भनेका थिए ।
यस्तै महाधिवेशनमा अपनाइएको प्रक्रियाको पनि उनले आलोचना गरेका थिए । ओलीका पछिल्ला सबै प्रयोग असफल भएको यो निर्वाचनले पुष्टि गरेको उनको तर्क थियो । अन्तर्वार्तामा पार्टी अनुशासनविरपरीत बोलेकाले उनलाई कारवाही सिफरिस गरिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्