मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत
जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि तयार पारेको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मुख्यमन्त्री निवास मधेस भवनमा आज बसेको मधेश प्रदेशको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको लागि तयार पारेको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मन्त्रीपरिषद्ले स्वीकृत गरेको नीति तथा कार्यक्रम भोलिका लागि तय भएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । मधेश प्रदेश सरकार बनेपछिको पाँचौँ वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा छलफल गर्ने कार्य सम्पन्न भएपछि प्री बजेट र त्यस लगतै असार १ गते प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारको बजेट प्रस्तुत गर्नु हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #मधेश प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्