प्रतिनिधिसभामा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा व्यक्त गरिरहनु भएको छ ।
बैठकमा एमाले सांसद लालबाबु पण्डितले विकासका अधुरा योजना पूरा गर्न बजेट पर्याप्त नभएको बताउनुभयो ।
बजेटमाथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङदेनले बजेट आर्थिक सङ्कटलाई रोक्नेतर्फ उन्मुख नभई आगामी निर्वाचन केन्द्रित भएको बताउनुभयो ।
छलफलमा सांसद हृयेश त्रिपाठीले किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्छ भन्नुहुँदै किसानलाई पेन्सन दिने आधार के ? भनेर प्रश्न गर्नुभयो ।
त्यसैगरी सांसद प्रदीप यादवले बजेटमा मधेस प्रदेश ठगिएको बताउनुहुँदै हुलाकी राजमार्गका लागि छुट्याइएको बजेटमा पुनर्विचार गर्न सुझाव दिनुभयो ।
बैठकमा सांसद दुर्गा पौडेलले बजेटमा विदेशीहरूलाई अपार्टमेन्ट किन्न छुट दिने कुरा राख्न नमिल्ने बताउनुभयो ।
बैठकमा सांसदहरू पद्मनारायण चौधरी, निरादेवी जैरु, रंगमती शाही, टेकबहादुर बस्नेत, गोपालबहादुर बम, सत्यनारायण शर्मा खनाल, हितबहादुर तामाङ, लक्ष्मीकुमारी चौधरी, लिलादेवी सिटौला र सुजन किराँतीलगायतले आर्थिक वर्ष २०७९र०८०को बजेटमाथि धारणा राख्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्