संसदमा आर्थिकवर्ष ०७९/०८० को बजेटमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक संकट एकतिर र सरकारले ल्याएको बजेट अर्कोतिर भएकाले बजेटले आर्थिक समस्या समाधान नगर्ने टिप्पणी गर्नुभयो ।
पुर्वअर्थमन्त्री समेत रहनुभएका सांसद पाण्डेले गठबन्धन सरकारले प्रस्तुत गरेको बजेटले अगाडि र पछाडि निर्वाचनबाहेक अरू देख्न नसकेको आरोप लगाउनुभयो ।कृषिमा आधा बजेट छुटाएर दोब्बर प्रगति गर्ने सपना बाँडेको भन्नुहुँदै सांसद पाण्डेले बजेट काल्पनिक मात्रै भएको बताउनुभयो ।
छलफलमा सांसद पद्मनारायण चौधरीले बजेटमा कृषिलाई प्राथमिकता दिनु सकारात्मक भएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा, #रेन्द्र पाण्डे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्