एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित
काठमाडौं । नेकपा एमालेले शुक्रबार संसद्मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विपक्षी दलका नेता प्रति दिएका अभिव्यक्ति प्रमाणित गर्न चुनौती दिएको छ ।
बडुको भनाई रेकर्डबाट नहटाएसम्म र एमाले अध्यक्ष ओली प्रति लगाएको आरोपका विषयमा छानबिन गर्न समिति नबनाएसम्म संसद् चल्न नदिने एमालेले जनाएको छ । १५ मिनेटका लागि समामुखले बैठक स्थगित गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्नुभएको कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भन्नुभएको थियो
लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्नुभयो । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि काुननमन्त्री बडूले आफ्नो सम्बोधन जारी राख्नुभयो । तर, एमाले सांसदको अबरोध निरन्तर रह्यो ।
‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भनेपछि एमाले संसदहरू फेरि उठ्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #प्रतिनिधिसभा बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्