सुर्खेतमा डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट सम्पन्न

कर्णाली । कर्णाली प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल कर्णाली संवाद सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल कर्णाली संवाद सम्पन्न भएको हो ।
दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा १५ भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा एक्सपिरियन्स शेयरिङ, मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम १५ सय बढीले अवलोकन गरेका छन् ।
फेस्टमा आफ्नो आइडिया प्रस्तुत गर्नेमध्येबाट इन्क्युवेसनका लागि ३ स्टार्टअप तथा आईडिया छनोट भएका छन् । फेस्टमा सुर्खेत सफ्ट प्रालि उत्कृष्ट स्टार्टअप हुन सफल भएको छ । इन्क्युबेसनका लागि सुर्खेत सफ्ट प्रालिसँगै कारटु र भर्मि कमपोष्ट तथा भर्मिकवास प्रोडक्टसन छनोटमा परेका छन् ।
त्यस्तै ३ बजेदेखि सुरू भएको डिजिटल कर्णाली संवादमा प्रमुख अतिथिको रूपमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायहरूको समेत उपस्थिति रहेको थियो ।
संवादमा आईटी तथा ई-गभर्नेन्स विज्ञ सुरेन्द्र यादव र मध्यपश्चिम विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर पञ्चदेव भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए । डिजिटल संवादमा कर्णाली प्रदेशको डिजिटाइजेसन र डिजिटल रूपान्तरण विषयमा छलफल भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश, #सुर्खेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्