Techie IT
शनिबार, असार ७,२०८२

विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


नेपालगञ्ज ।  नेपालगञ्जमा विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जनाएको छ।

नेपालगञ्जको एक टक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ । पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

साउन २७ गते पुष्पलालचोकस्थित एक होटलमा बोलाएर शिक्षक रावलले छात्रालाई बलात्कार गरेका थिए । त्यसको दुई दिनपछि २९ गते फेरि त्यही होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

पहिलो पटक बलात्कार गर्दा भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमानेमा त्यो बाहिर ल्याइदिने धम्की दिने गरेका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545