पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।
केही वर्ष पहिले एक युवतीलाई मोडलिङका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारवाही गर्न माग गरिएको छ । दोषीमाथि कारवाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडिसमेत अधिकारकर्मीले आज प्रदर्शन गरेका छन् ।–रासस
क्याटेगोरी : समाचार
ट्याग : #अग्निप्रसाद सापकोटा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्