एमालेले विकास र समृद्धिको पक्षमा बाटो कोरेको भन्दै मतदाताले हौसला दिए : दिनेश महर्जन
एमालेले विकास र समृद्धिको पक्षमा बाटो कोरेको भन्दै मतदाताले हौसला दिए स् दिनेश महर्जन काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक दलले घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्वर ४ का अध्यक्षका उम्मेदवार दिनेश महर्जनले आफुले गर्ने कामको प्रतिबद्धतासहित घरदैलो अभियानलाई तिब्रता दिएका हुन्।
चुनाव जिते ५ बर्षको अवधिमा सुशासन, भौतिक विकास, सार्वजनिक सम्पतिको संरक्षण, स्वास्थ्य बिमा कार्यक्रम, प्राकृतिक विपद तथा महामारी नियन्त्रण, वातावरणको संरक्षण, अशक्क्त तथा ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था, शिक्षा तथा सामुदायिक विद्यालयको स्तरोन्नती का लागि आफुले काम गर्ने बताएका छन् ।
जनताका न्युनतम आधारभूत आवश्यकता नै आफनो चुनावी एजेन्डा भएको बताउने दिनेशलाई घरदैलो अभियानमा मतदाताले, परिर्वतन र विकासको पक्षमा मत दिने बताएका छन् । एमालेले विकास र समृद्धिको पक्षमा बाटो कोरेको भन्दै मतदाताले हौसला दिएको उनले बताए ।
घरदैलो अभियानमाम नेकपा प्रदेश सदस्य नारायण सिलवाल, अध्यक्षका उमेदवार दिनेश महर्जन, दलित महिला सदस्य कल्पना सार्की बयलकोटी, महिला सदस्य पूर्णदेवी खनाल, खुला सदस्य नविन मैनाली, खुल्ला सदस्य सरु अधिकारी , जिल्ला कमिटिका सदस्य, नगर कमिटिका सदस्य साथै नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #दिनेश महर्जन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा







तपाईको कमेन्ट लेख्नुहोस्