भन्सार छली चोरी पैठारी गरी ल्याएको सामान सहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको सामान सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सुराकीको आधारमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भैरहवा नाका हुँदै नारायणगढतर्फ लैजाँदै गरेको अवस्थामा अवैध आलु, प्याँज लगायतका सामानहरु सहित दुई जनालाई पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका वडा नंम्बर ३ पुल्चोकस्थित खरानीडाँडामा सवारी चेकँजाच गर्ने क्रममा ना ४ च ४६५५ नंम्बरको बलेरो गाडीमा लोड गरी ल्याएको आलु ६ बोरामा २८८ केजी, प्याज २० बोरामा ३४० केजी, चिनी १६ बोरामा ८०० केजी, रेडवुल २१ काटुनमा ५०४ पिस र मल ५ बोरामा २२५ केजी अबैध सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए । (एसपी) अधिकारीका अनुसार बरामद गरिएको सामानको मूल्य अन्दाजी सत्र लाख एकसट्ठी हजार सात सय बत्तीस रुपैयाँ रहेको जनाइएको छ ।
सामान सहित पक्राउ परेका बलेरो चालकसहित २ जना लाई थप अनुसन्धानको लागी भन्सार कार्यालय बिरगञ्ज पर्सामा बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
(एसपी) अधिकारीले चितवन जिल्लाको नेतृत्व सम्हाले यता पछिल्लो समय चितवन प्रहरीले यस जिल्ला भएर भित्रीने अवैध तस्करीका सामानहरुबाट सफलता हात पार्दै आएको छ । यसअघि तीन करोड बराबरको कपडा सहित तस्कर पक्राउ गरेको चितवन प्रहरीले केही दिन अघि मात्रै राजमार्गमा गुडिरहेको ट्रकलाई रोकेर लत्ताकपडा लुट्ने गिरोहका ३ जनालाई समेत पक्राउ गर्न सफल भइसकेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्