Techie IT
सोमबार, वैशाख २२,२०८२

एमालेले स्थानीय तहको निर्वाचनमा २० लाख स्वयंसेवक परिचालन गर्ने


काठमाडौं । नेकपा एमालेले यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा देशभर २० लाख स्वयंसेवक परिचालन गर्ने भएको छ।

एमालेका जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता शनिवार बसेको बैठकले चुनावमा २० लाख स्वयंसेवक परिचालनको निर्णय गरेको हो ।

स्वयंसेवक परिचालनमा युवा संघ, अनेरास्ववियु, जिफन्ट, खेलकुद महासंघ, भूपू सैनिक संघ र युथफोर्सका नेता कार्यकर्ता खटिनेछन् । एमालेले ‘वान बुथ हन्ड्रेड यूथ’को परिकल्पना अनुसार २० लाख स्वयंसेवक दस्ता खडा गर्ने निर्णय भएको हो । चुनावमा संभावित धाँधलीलाई मध्यनजर राखी स्वयंसेवक परिचालनलाई बिशेष प्राथमकितामा राखिएको संयोजक ढकालले बताउनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545