स्थानीय निर्वाचनः एमालेका साढे ३३ हजार उम्मेदवार, कुन पदमा कति ? (सूचीसहित)

काठमाडौँ, १६ वैशाख । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवार उठाएको छ ।
देशकै ठूलो दलको रुपमा रहेको एमालेले स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।
शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार एमालेले पुरुष १९४९९ र महिला १४००४ जना गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको हो । जसमा नगर प्रमुखमा २६४ जना पुरुष र २७ जना महिला गरी २९१ जना उम्मेदवार रहेका छन् भने गाउँपालिका अध्यक्षमा ४१९ पुरुष र २८ जना महिला गरी ४४७ उम्मेदवार छन् ।
त्यस्तै, नगर उपप्रमुखमा २६ पुरुष र २६० महिला गरी २८६ जना उम्मेदवार उठाएको छ ।
गाउँपालिका उपाध्यक्षमा ३५ पुरुष र ४१० महिला गरी ४४५ जना उम्मेदवार छन् भने वडाअध्यक्षमा ६,४०५ जना पुरुष र ११८ जना महिला गरी ६५२३ जना रहेका छन् ।
एमालेले वडा सदस्यमा १२३५० पुरुष र ५४१ जना महिला गरी १२८९१ जना उम्मेदवार एमालेले निर्वाचनमा उठाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्