कांग्रेसबाट निर्वाचित वडाअध्यक्षसहित दुई सय बढी एमाले प्रवेश
२८ चैत । नेपाली कांग्रेसबाट निर्वाचित गैडहवा गाउँपालिका– १ का वडाअध्यक्ष प्रदीपकुमार चौधरीसहित दुई सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरु अब नेपालमा एमालेको विकल्प नभएको भन्दै पार्टी प्रवेश गरेका हुन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) लगायत विभिन्न पार्टी परित्याग गरी सयौँ एमालेमा प्रवेश गरेको एमाले रुपन्देही जिल्ला कमिटिले जनाएको छ ।
उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रियसभामा संसदीय दलका नेता खिमलाल भट्टराईले पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै नेता भट्टराईले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे । एमालेकै नेतृत्वमा मात्र मुलुकमा विकास हुने उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्