वर्डा अध्यक्षमाथि दुब्यवहार गर्ने समूहका दुइ जना पक्राउ, तीन जना अझै फरार
चितवन । चितवन प्रहरीले वर्डा अध्यक्षलाइ कालोमोसो दलेर दुब्यवहार गर्ने दुइ जनालाई पक्राउ गरेको छ । पुर्वी चितवनको कालिका नगरपालिका वडा नंम्बर ३ का वडाध्यक्ष टीकाराज रिजाललाइ उनैको कार्यकक्षमा पुगी कालोमोसो दल्ने दुइ जनालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका वडा नंम्बर ४ भण्डारा बस्ने ३७ वर्षीया गुणराज श्रेष्ठ र ३७ वर्षीया सागर राई रहेका छन् । उनीहरुसहित ५ जनाको समूहले वर्डाअध्यक्ष रिजालको कार्यकक्षमा गएको (सोमबार) दिउँसो साँढे एक बजेको समयमा अनाधिकृत रुपमा प्रवेश गरी कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए ।
त्यससँगै फरार भएका उनीहरुलाइ ईलाका प्रहरी कार्यालय रत्ननगर चितवनबाट प्रहरी निरीक्षक प्रकाश शाह ठकुरी र ईलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको समन्वयमा हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ३ स्थित राईटोलमा लुकिछिपी बसिरहेको अवस्थामा हिजो (शुक्रबार) दिउँसो ४ बजे नियन्त्रणमा लिइएको बताइएको छ ।
सो, घट्नामा संलग्न रहेका अन्य केही ब्यक्ति फरार रहेको र उनीहरुको समेत खोजतलास जारी रहेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवैलाइ अहिले ईलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ ।
उनीहरुउपर भोली (आइतबार) सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारीमा प्रहरी रहेको छ । यता, प्रहरी स्रोतले भने वर्डा अध्यक्ष रिजाल सम्पर्कमा नआएको बताइएको छ । उनीहरुविरुद्ध अपमानजक ब्यवहार अन्तर्गत मुद्दा चल्न सक्ने प्रहरीको भनाईं छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्