चितवन प्रहरीको सफलता : भीडभाडको मौका छोपी चोरी गर्ने सात जना पक्राउ
चितवन । चितवन प्रहरीले विभिन्न मेला महोत्सव तथा भीडभाडको मौका छोपी चोरी गरेको आरोपमा सात जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा १८ वर्षिया नितु देवी, आरोहि भारती, २० वर्षिया अतिम्मा देवी, २५ वर्षिया प्रियाङका देवी, पायल देवी रहेकी छिन् । उनीहरु सबै भारतको गोरखपुरका हुन् ।
उनीहरुले गएको माघ १ गते दिउँसो साँढे १२ बजे नारायणगढको शहिदचोकमा सामान किनमेल गरिरहेका भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने बसन्त गिरी र सिता गिरीको झोलमा रहेको ६ हजार रुपैयाँ नगद सहित ९४ हजार बराबरको दुईवटा औंठी चोरी गरेका थिए । गिरी दम्पतिलाई घेरा हाली झोला समात्ने, अन्य कुरा गरी ध्यान भड्काउने जस्ता कृयाकलाप गर्ने गरेको प्रहरीले जनाएको छ ।
चोरी भएको सूचना प्राप्त भएलगत्तै खोजतलासमा जुटेको प्रहरीको टोलीले भारतीय मुलका महिलाहरुलाई खानतलासी गर्दा चोरी भएको सामान फेला पारेको हो । पक्राउ परेका उनीहरुविरुद्ध चोरी कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
उनीहरुमाथि अनुसन्धान भइरहेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुर बस्ने ७४ बर्षिया चन्द्र माया श्रेष्ठले समेत सात जना महिला मिली विभिन्न बहाना बनाई दुइ लाख रुपैयाँ पर्ने सुनको सिक्री चोरी गरेको भनी किटानी जाहेरी दिएकी छिन् ।
यता, प्रहरीले भीडभाडस्थलमा चोरीका घट्ना बढेको भन्दै सतर्क हुन सर्वसाधारणलाइ अपिल गरेको छ । प्रहरीले भिडभाडस्थल तथा सवारीसाधनमा अस्वभाविक प्रकृतिका मानिसहरु देखिए वा शंका लागे त्यस्को तत्कालै नजीकैको प्रहरी कार्यालयमा गइ सूचना दिन समेत आव्हान गरेको छ । प्रहरीले बढ्दो चोरी र अपराधीक गतिविधिलाइ ध्यान दिदै आफु संग केही सूचना भए वा शंकास्पद ब्यक्ति कोही देखिए तत्कालै नजीकैको प्रहरीलाई खबर गर्न सबैमा अनुरोध गरेको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्