गजुरी प्रहरीको एक्सन : लागूऔषध गाँजासहित दुइ जना पक्राउ
धादिङ । धादिङको गजुरीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित २ जनालाइ पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट (असइ) सन्तोष खड्काको गस्ती टोलीले (हिजो) शनिबार बिहान धादिङ गजुरी गाउँपालिका २ मलेखु बजारबाट आठ किलो एक सय तीस ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका २ मजुवाडाँडाका २१ वर्षीया सुन्दर तामाङ र १९ वर्षीया किसान परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख (डिएसपी) भावेश रिमालका अनुसार पक्राउ परेकामध्य तामाङले बोकेको पछाडि भिर्ने झोलाभित्र चार किलो २०० ग्राम र परियारले बोकेको कालो लेदरको जस्तो देखिने पछाडीभिर्ने झोलाभित्र तीन किलो ९३० ग्राम लागूऔषध गाँजा फेला परेको थियोे ।
मुग्लिङ जानको लागी गाडी कुरिरहेको अवस्थामा गस्तीमा खटिएको प्रहरीको टोलीलाइ शङ्कास्पद व्यवहार देखाएपछि प्रहरीले उनको झोला र शरीर खानतलासी गरेको थियो । निजको शरीर रीतपुर्वक खानतलासी गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट लागूऔषध फेला पारेको थियो । पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले प्रतिबन्धित लागूऔषध ओसारपसार मुद्दामा सम्मानित धादिङ जिल्ला अदालत बाट म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको बताइएको छ ।
त्यस्तै, यसअघि पनि गजुरी प्रहरीले पौष २१ गते १० किलोग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाइ पक्राउ गरेको थियो । धादिङको गजुरी गाउँपालिका ६ आदमघाट बजारस्थित पृथ्वी राजमार्गमा अस्थाई प्रहरी पोष्ट आदमघाट धादिङबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा गजुरी गाउँपालिका वडा नंम्बर ४ भिरकटेरी बस्ने १९ बर्षका प्रकाश प्रजा र बिक्रम प्रजा लाइ पक्राउ गरेको थियो ।

प्रकाश प्रजाले पछाडी भिर्ने झोला र बिक्रम प्रजाले जेब्रा झोला लिई शंकास्पद अवस्थामा काठमाण्डौं जाने बस कुरीरहेको अवस्थामा फेला पारी शरीर खानतलासी गर्दा उनीहरुको साथबाट १० किलो ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका उनीहरुबिरुद्ध सम्मानित धादिङ जिल्ला अदालतबाट प्रतिबन्धित लागूऔषध कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको (डिएसपी) रिमालले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्