स्ट्रोक के हो, किन हुन्छ र यसबाट कसरी बच्ने?
वरिष्ठ न्युरोलोजिस्ट बाबुराम पोखरेलका अनुसार स्ट्रोकलाई सरल भाषामा भन्नुपर्दा फास्ट भन्ने गरिन्छ। यसको मतलब यदि अचानक अनुहार बांगियो, हात सिधा भएन, बोलि लरखरायो भने स्ट्रोक भयो भनेर बुझ्नु पर्छ।
दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ।
खासमा स्ट्रोक ४५ वर्षभन्दा माथि उमेरका व्यक्तिहरुलाई हुने गर्दछ तर नेपालमा ४५ वर्षभन्दा कम उमेका मानिसहरुलाई स्ट्रोक हुने गर्दछ। यसको मुख्य कारण उच्च रक्तचाप, मधुमेह र धूमपान सेवन देखिएको छ।
स्ट्रोक दुई प्रकारका हुन्छन्– एउटा शरीरमा रगत सञ्चालन नपुगेर हुने गर्दछ भने अर्को नशा फुटेर हुने गर्दछ। यसलाई हामीले ब्रेन हेमरेज स्ट्रोक पनि भन्ने गर्दछौँ। यो उच्च रक्तचापले हुने गर्दछ।
स्ट्रोक हुनुको प्रमुख कारण
स्ट्रोक हुनुको बढ्दो उमेर यसको एउटा प्रमुख कारण हो। महिलालाई भन्दा पुरुषमा स्ट्रोक हुने सम्भावना बढी हुन्छ।
धूमपान गर्ने व्यक्तिलाई स्ट्रोक हुने सम्भावना बढी हुन्छ।
उच्च रक्तचाप र मधुमेह स्ट्रोक हुनुको प्रमुख कारण मान्न सकिन्छ।
जसको मुटुको चाल गडबढ छ, त्यसलाई पनि स्ट्रोक हुने सम्भावना बढी हुन्छ।
स्ट्रोकका लक्षण
यदि अचानक अनुहार बांगो भयो, आखाँ देखिएन, बोली लरखरायो, हात सिधा भए भने स्ट्रोक भयो भनेर अस्पतालमा जँचाउन जानु पर्छ।
स्ट्रोकबाट बच्न के गर्नुपर्छ?
स्ट्रोकबाट बच्नको निमित्त जीवनशैली परिवर्तन गर्नुपर्दछ। धूमपान गर्नु हुँदैन। नियमित शारीरिक कसरत गर्ने बानी बसाल्नु पर्दछ र उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नु पर्दछ। त्यसो गर्दा केही हदसम्म स्ट्रोकबाट बच्न सकिन्छ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #स्ट्रोक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्